+
+
Shares

प्रस्तावित न्यायाधीश चुडालले भने : म सेटिङमा पर्दिन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १४:४७

३ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश कुमार चुडालले अदालतमा हुने भनिएको सेटिङमा आफू नपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू सेटिङमा नपर्ने बताएका हुन् ।

‘व्यक्तिगत रुपमा सेटिङमा म हुन्न । यदि त्यस्तो प्रश्न उठेकामा चिन्तित हुँदै रोक्नका लागि भूमिका निर्वाह गर्छु’ उनले भने ।

अदालतमा बेन्च सेटिङ हुने कुराको पनि चुडालले अस्वीकार गरे । ‘विश्वभर नै जुडिसरीमा भ्रष्टाचार नै हुँदैन भन्ने मान्यता छ । सेटिङको कुरा आफै‌ंमा बेठीक छ’ उनले भने ।

अहिले उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दा कुन न्यायाधीशले हेर्ने भनी तोक्ने गरेको भन्दै यसलाई अटोमेसन प्रविधिमा लगेपछि प्रश्न नउठ्ने बताए । र

‘अटोमेसनमा जान सफ्टवेयर निर्माण भइरहेको छ । अटोमेसनमा गएपछि एउटा प्रणालीमा जान्छ । कुन बेन्चमा कता प¥यो भन्ने प्रश्न उठ्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?