+
+

वीरगञ्जमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३ गते १९:२०

३ बैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको ९४ पीसीआर परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि एकैपटक यति धेरै जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टी भएका ५० जना पर्साको, ४ जना बारा र ३ जना रौतहटका छन् । ३७ जना पुरुष र २० जना महिलामा संक्रमित छन् । संक्रमितको उमेर १२ वर्षदेखि ७२ वर्षसम्म छ ।

नारायणी अस्पतालको आइसोलेसन वार्डमा ७ जना संक्रमितको उपचार भइरहेको छ । कोभिड संयोजक डाक्टर सरोज रोशन दासले नयाँ र लक्षण सहितका संक्रमित बढी भेटिएको जानकारी दिए ।

‘कट्याक्ट ट्रेसिङबाट भन्दा लक्षण सहितका नयाँ संक्रमित बढी छन्, सिटि भ्यालु कम छ । स्कुलको विद्यार्थीमा समेत संक्रमण देखिएको छ । ’ उनले भने ‘ वीरगञ्जको स्थिति खराब बन्दै गएको संकेत देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?