Comments Add Comment

डेब्यूमै कुशल भुर्तेलको अर्धशतक

४ वैशाख, काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यू गरेका उनले अर्धशतक प्रहार गरेका हुन् ।

डेब्यु खेलमा ओपनिङको जिम्मेवारी पाएका उनले आक्रमक ब्याटिङ गरेका थिए । अर्का डेब्युटान्ट आसिफ शेखसँगै ओपनिङ गरेका कुशलले ३० बलमा ५ चौका र ४ छक्का मद्दतमा अर्धशतक पूरा गरे ।

कुशलले यसअघि सिनियर टिमबाट लिस्ट ए खेलेपनि टी–२० अन्तर्राष्ट्रिय पहिलो पटक खेलेका हुन् । यसअघि सन्दीप जोराले सन् २०१९ मा टी–२० अन्तर्राष्ट्रिय डेब्यूमै युएईविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पूर्व कप्तान पारस खड्काले सर्वाधिक ५ अर्धशतक प्रहार गरेका छन् । कप्तान ज्ञानेन्द्र मल्ल र विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले २–२ तथा सुवास खकुरेल र सन्दीप जोराले एक–एक अर्धशतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment