४ वैशाख काठमाडौं । आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यूमै अर्धशतक बनाएका छन् । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा आसिफले नेदरल्याण्ड्सविरुद्ध डेब्यूमै अर्धशतक बनाए ।
उनले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५२ रन बनाएका हुन् ।
अर्का डेब्युटान्ट कुशल भुर्तेलसँगै डेब्यूमै ओपनिङ गरेका आसिफले कुशलसँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे ।
प्रतिक्रिया 4