Comments Add Comment

थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि, २२६ जना निको

४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४ जना (५ हजार ३३३ पीसीआर र ६७१ एन्टिजेन)को नमुना परीक्षण गर्दा ८४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ । जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।

यस्तै थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । तीमध्ये २ जनाको गत २४ घण्टामा मृत्यु भएको हो भने ५ जनाको शनिबार मात्रै रिपोर्ट प्राप्त भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ७५ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितमध्ये ३९५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना रहेका छन् ।

शनिबार पर्सामा ५०, रुपन्देहीमा ३५, कैलालीमा ३४, दाङ २८ तथा बाँकेमा २५ जनामा संक्रमण देखिएको छ । यसैगरी नुवाकोटमा २३, सुर्खेतमा २०, रौतहटमा १९, कास्कीमा १७ र सुनसरीमा १५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment