Comments Add Comment

सेयरमा चलखेल गरेको भन्दै जनरल इन्स्यारेन्सका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही

जनरल इन्स्यारेन्सका सञ्चालक दीपेन्द्र अग्रवाल ।

५ वेशाख, काठमाडौं । जथाभावी सेयर किनेको भन्दै जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक नै कारबाहीमा परेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले जनरल इन्स्यारेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई कारबाही गरेको हो ।

समितिले अग्रवाललाई सञ्चालक पदबाट निलम्वन गरी अनुसन्धान सुरु गरेको छ । समितिको यो निर्देशनसँगै उनी सञ्चालक पदबाट निलम्बनमा परेका छन् । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सञ्चालक भएर पनि निर्देशिका विपरित सेयर कारोबार गरेको पाइएपछि कारबाही गरिएको बताए ।

बिमकको लगानी निर्देशिकाको विभिन्न दफाहरु उलंघन भएको समितिले जनाएको छ । उनले सिभिल बैंक र गोर्खा फाइनान्समा आफ्नै संस्थापक सेयरधनी रहे पनि दोस्रो बजारबाट सेयर खरिद गरेको पाइएको समितिले जनाएको ।

अहिले निलम्बवन गरेर कारबाही गरेको र अब उनलाई स्पष्टीकरण सोधिने कार्यकारी निर्देशक पौडेलले बताए । चित्तबुझ्दो स्पष्टीकरण नआएमा उनलाई सञ्चालक पदबाटै हटाउने बिमा समितिको तयारी छ ।

अग्रवालले भने आफूलाई गलत नियतले फसाउन खोजेको बताए । केहि दिन अघिमात्रै सञ्चालक पदबाट राजीनामा दिन आफूलाई दवाव आएको र नदिए फसाउने चेतावनी आएको समेत उनले दावी गरे । यो हुनुमा सञ्चालक समितिका अध्यक्ष कुनल कयलको भूमिका रहेको समेत अग्रवालले दावी गरेका छन् ।

उनका अनुसार कम्पनीले तीन वटा गलत बिमा दावी भुक्तानी दिएको र त्यसलाई आफूले फिर्ता ल्याउन भूमिका खेलेपछि आफूलाई फसाउन लागिएको उनले बताए ।

‘पहिलो कुरा त बिमा समितिले मलार्य जुन दफा लगाएर निलम्बन गरेको छ त्यो नै गलत छ’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अर्को कुरा सञ्चालक समितिमा ममात्रै छैन, यहाँ गलत तरिकाले मलाई कारबाही गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment