
५ वैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले १० दिन जिल्लाका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
डीसीसीएमसीको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भारतसँगको खुला सीमाका कारण कोरोना संक्रमणको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न अनुरोध गरेको बताए ।
सीमा नाकाहरुमा मानिसहरुको आवतजावत बढी भएकोले जिल्लामा कोभिड १९ को उच्च जोखिम बढेको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4