+
+
Shares

एकैदिन ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते १७:२९

५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि कोरोना संक्रमित बालबालिकाको संख्या ८१ थियो।

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् । यस्तै चारजनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?