+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

साढे ११ वर्षपछि निकाल्यो खानेपानी संस्थानले पदपूर्तिको नतिजा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ५ गते २०:२४

५ वैशाख, काठमाडौं । २०६६ सालमा सरस्वती श्रेष्ठले खानेपानी संस्थानमा जागिरका लागि दरखास्त हालिन् । संस्थानले निकालेको पदपूर्तिको विज्ञापनअनुसार परीक्षा दिएकी श्रेष्ठको आइतबार योग्य उम्मेदवारका रुपमा को करिब साढे ११ वर्षपछि आइतबार संस्थानमा नाम निस्किएको छ ।

खानेपानी संस्थानले ५६ वटा पदमा निकालेको विज्ञापनको नतिजा साढे ११ वर्षपछि निकालेको हो । आन्तरिक प्रतिस्पर्धी भएकाले २६ जना त संस्थानको लागि नयाँ कर्मचारी होइनन्, आन्तरिकतर्फ नाम निकालेकामध्ये ४ जना त संस्थानको जागिरबाट विदा नै भइसकेकाहरु हुन् ।

त्यसबाहेक संस्थानले खुलातर्फ १५, महिलातर्फ ४, आदिवासी जनजाति र मधेसीतर्फ ३/३ सहित दलित, अपांग र पिछडिएको क्षेत्रतर्फबाट १/१ जनाको जागिर पक्का भएको छ ।
संस्थानको कर्पोरेट सेवा महाशाखाका अनुसार २०६६ मंसिर अन्तिममा विभिन्न पदका लागि एकैपटक थुप्रै कर्मचारी माग्दै विज्ञापन निकालिएको थियो । लिखित परीक्षा लिएपनि धेरै पदको नतिजा आउन बाँकी थियो ।

तर, २०६८ सालमा संस्थानको संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) गर्नुपर्‍यो । ओएन्डएम गर्दा पहिलेका थुप्रै दरबन्दी नै हटाइएपछि विज्ञापन नै रद्द भएकाे महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठ बताउँछन् ।

‘विज्ञापन रद्द गर्ने संस्थानको निर्णयविरुद्ध विभिन्न पदका उम्मेदवारहरु सर्बोच्च अदालतमा रिट लिएर गएका थिए । २०७४ सालमा अदालतले उनीहरुको पक्षमा फैसला सुनायो, ‘ उनी भन्छन् ।

अदालत गएकाहरु उम्मेदवार रहेका पदहरुमा विज्ञापनअनुसार पदपूर्ति गर्न संस्थानलाई अदालतले आदेश दियो । त्यसैकारण संस्थानले नै यो परीक्षा प्रक्रिया पुरा गन परेको श्रेष्ठ बताउँछन् ।

अदालतको फैसालाअनुसार लिखितको नतिजा लिएर उत्तीर्ण भएकालाई अन्तरवार्तामा बोलाइएको थियो । विभिन्न अड्चन र उल्झनका कारण संस्थानलाई नतिजा प्रकाशन गर्न विज्ञापन खुलेपछि साढे ११ वर्ष लागेको श्रेष्ठको स्पष्टीकरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?