Comments Add Comment

साढे ११ वर्षपछि निकाल्यो खानेपानी संस्थानले पदपूर्तिको नतिजा

५ वैशाख, काठमाडौं । २०६६ सालमा सरस्वती श्रेष्ठले खानेपानी संस्थानमा जागिरका लागि दरखास्त हालिन् । संस्थानले निकालेको पदपूर्तिको विज्ञापनअनुसार परीक्षा दिएकी श्रेष्ठको आइतबार योग्य उम्मेदवारका रुपमा को करिब साढे ११ वर्षपछि आइतबार संस्थानमा नाम निस्किएको छ ।

खानेपानी संस्थानले ५६ वटा पदमा निकालेको विज्ञापनको नतिजा साढे ११ वर्षपछि निकालेको हो । आन्तरिक प्रतिस्पर्धी भएकाले २६ जना त संस्थानको लागि नयाँ कर्मचारी होइनन्, आन्तरिकतर्फ नाम निकालेकामध्ये ४ जना त संस्थानको जागिरबाट विदा नै भइसकेकाहरु हुन् ।

त्यसबाहेक संस्थानले खुलातर्फ १५, महिलातर्फ ४, आदिवासी जनजाति र मधेसीतर्फ ३/३ सहित दलित, अपांग र पिछडिएको क्षेत्रतर्फबाट १/१ जनाको जागिर पक्का भएको छ ।
संस्थानको कर्पोरेट सेवा महाशाखाका अनुसार २०६६ मंसिर अन्तिममा विभिन्न पदका लागि एकैपटक थुप्रै कर्मचारी माग्दै विज्ञापन निकालिएको थियो । लिखित परीक्षा लिएपनि धेरै पदको नतिजा आउन बाँकी थियो ।

तर, २०६८ सालमा संस्थानको संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) गर्नुपर्‍यो । ओएन्डएम गर्दा पहिलेका थुप्रै दरबन्दी नै हटाइएपछि विज्ञापन नै रद्द भएकाे महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठ बताउँछन् ।

‘विज्ञापन रद्द गर्ने संस्थानको निर्णयविरुद्ध विभिन्न पदका उम्मेदवारहरु सर्बोच्च अदालतमा रिट लिएर गएका थिए । २०७४ सालमा अदालतले उनीहरुको पक्षमा फैसला सुनायो, ‘ उनी भन्छन् ।

अदालत गएकाहरु उम्मेदवार रहेका पदहरुमा विज्ञापनअनुसार पदपूर्ति गर्न संस्थानलाई अदालतले आदेश दियो । त्यसैकारण संस्थानले नै यो परीक्षा प्रक्रिया पुरा गन परेको श्रेष्ठ बताउँछन् ।

अदालतको फैसालाअनुसार लिखितको नतिजा लिएर उत्तीर्ण भएकालाई अन्तरवार्तामा बोलाइएको थियो । विभिन्न अड्चन र उल्झनका कारण संस्थानलाई नतिजा प्रकाशन गर्न विज्ञापन खुलेपछि साढे ११ वर्ष लागेको श्रेष्ठको स्पष्टीकरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment