Comments Add Comment

आईपीएलमा लगातार तेस्रो जितपछि बेंगलोर शीर्ष स्थानमा

५ वैशाख, काठमाडौं । ग्लेन म्याक्सवेल र एबी डे भिलियर्सले उत्कृष्ट ब्याटिङ गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।

आइतबार भएको पहिलो खेलमा विराट कोहलीको कप्तानीमा रहेको बेंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।

चेन्नईमा बेंगलोरले दिएको २०५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो । कोलकताका लागि आन्द्रे रसेलले सर्वाधिक ३१ रन बनाए । यस्तै कप्तान आयोन मोर्गनले २९, शकिब अल हसनले २६, राहुल त्रिपाठीले २५ र शुभमन गिलले २१ रन बनाए ।

बेंगलोरका लागि केल जेमिसनले सर्वाधिक ३ विकेट लिए । यस्तै हर्सल पटेल र युजभेन्द्र चहलले २-२ विकेट लिए ।

एम चितम्बरम स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । बेंगलोरका लागि म्याक्सवेलले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ७८ रन बनाए ।

यस्तै एबी डे भिलियर्सले अविजित ७६ रन जोडे । उनले ३४ बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । ९ रनमा २ विकेट गुमाए पनि तेस्रो विकेटका लागि देवदत्त पडिक्कल र म्याक्सेवलले ८६ रनको साझेदारी गरेका थिए । यस्तै चौथो विकेटका लागि म्याक्सवेल र डे भिलयर्सले ५३ रनको साझेदारी गरे ।

कोलकतामा वरुण चक्रवर्तीले २ तथा प्याट कमिङ्स र प्रसिद कृष्णाले समान १ विकेट लिए ।

लगातार तेस्रो जितपछि ६ अंक जोड्दै बेंगलोर शीर्ष स्थानमै पर्किएको छ । उता लगातार दोस्रो हार व्यहोरेको कोलकताको ३ खेलबाट २ अंक मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment