+

मासोन ग्रीनउडको दुई गोलमा युनाइटेड विजयी

२०७८ वैशाख  ६ गते ७:२६ २०७८ वैशाख ६ गते ७:२६
मासोन ग्रीनउडको दुई गोलमा युनाइटेड विजयी

काठमाडौं । मासोन ग्रीनउडको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा बर्नलीलाई ३-१ ले पराजित गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि अर्को गोल एडिनसन कभानीले गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर ५०औं मिनेटमा जेम्स टार्कोस्कीले बर्नलीका लागि बराबरी गोल फर्काए ।

८४औं मनेटमा ग्रीनउडले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडले २-१ को अग्रता बनायो । इन्जुरी टाइममा वैद्यक्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका कभानीले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए । उनी फ्रेडको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

जितपछि ३२ खेलबाट ६६ अंक जोडेको दोस्रो स्थानको युनाइटेडले शीर्ष स्थानको मयानचेष्टर सिटीसँग अंकदूरी ८ मा झारेको छ । समान खेलबाट सिटीको ७४ अंङ्क छ ।

यस्तै प्रिमियर लिगकै अर्को खेलमा आर्सनल र फुलहमले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलको घरेलु मैदानमा जोस माजाले ५९औं मिनेटमा गोल गर्दै पुलहमलाई अग्रता दिलाएका थिए । तर इन्जुरी टाइमको सातौं मिनेटमा एडवार्ड एकेथिहले आर्सनलको लागि बराबरी गोल गर्दै फुलहमलाई जितबाट रोके ।

३२ खेलबाट ४६ अंकसहित आर्सनल नवौं स्थानमा छ । रेलिगेसन जोनमा रहेको फुलहम ३३ खेलबाट २७ अंकसहित १८औं स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय