Comments Add Comment

प्रभु बैंकका अध्यक्ष सिटौलाले लिए सपथ

६ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका बैंकर लिला प्रकाश सिटौलाले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष अध्यक्ष सिटौलाले सपथ ग्रहण गरेका हुन् ।

प्रभु बैंकको अध्यक्षमा लामो समयदेखि देवी प्रकाश भट्टचन रहेका थिए । उनी गत पुसमा भएको साधारणसभामा सञ्चालक समेत चयन भएनन् । बैंकको साधारण सभाबाट प्रमोद घिमिरे र रामेश्वर सापकोटा सञ्चालकमा चुनिएका थिए भने यसअघि सञ्चालक रहेका ऋषिराम गौतम, अञ्जु अधिकारी, रमेशसिंह खड्का र शंकरप्रसाद कालिकोटे पुनः दोहोरिए ।

तर बैंकका अध्यक्ष रहेका भट्टचन भने प्रभु बैंकबाट बाहिरिएका थिए । प्रभु बैंक कुनै बेला एउटा फाइनान्स कम्पनी थियो । पछि विकास बैंक भयो । अहिले यहाँसम्म आइपुग्नका लागि प्रभु बैंकले २ वटा वाणिज्य बैंक गाभेको थियो । तत्कालीन ग्राण्ड र किष्ट बैंक भट्टचनकै नेतृत्वमा प्रभुमा विलय भएका थिए । अहिले निकै वलियो बैंकको रुपमा प्रभु बैंक स्थापित हुने चरणमा छ ।

प्रभु बैंकलाई यो स्थानमा पुर्‍‍याउन मुख्य भूमिका खेल्ने नै भट्टचन हुन् । उनी अध्यक्षबाट बाहिरिएपछि यसकारण पनि अनेक अड्कलबाजीहरु भएका थिए । यद्यपि, भट्टचनकै रोजाइमा सिटौला अध्यक्ष नियुक्त भएको बताइएको छ ।

अनुभवी बैंकरको रुपमा परिचित सिटौलालाई विज्ञ सञ्चालकको नियुक्ति दिएर अध्यक्ष चयन गरिएको हो । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर अवकास लिएका उनी यस अघि कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए ।

यो पनि पढ्नुहोस प्रभु बैंकलाई सफल बनाएका भट्टचनको यात्रा अब कता ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment