+
+
Shares

व्यापक खोज्दा नभेटिएका डाक्टर प्रहरी हिरासतमै फेला परेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ६ गते १६:५९
डा. सुभाषप्रसाद शाह

६ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट प्राप्त शंकास्पदको सूचीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली नक्कली प्रमाण पत्र भएका चिकित्सकको खोजीमा जुटेको थियो ।

शंकास्पद सूचीमा परेकाहरु उपत्यकासहित देशका विभिन्न जिल्लामा थिए, त्यसैले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छुट्टाछुट्टै टोली खटाएर उनीहरुलाई पक्राउ गरिरहेको थियो । त्यही क्रममा धनुषाको जनकपुर चिल्ड्रेन हस्पिटलमा कार्यरत डा. सुभाषप्रसाद शाहलाई पक्राउ गर्न एउटा टोली जनकपुर पुगेको थियो ।

त्यहाँ उनी भेटिएनन्, बरु विदामा रहेको हुनसक्ने खबर प्रहरीले पायो । विभिन्न ठाउँमा उनको खोजी गर्दै प्रहरी उनको महोत्तरीमा रहेको घरसम्म पुग्यो । पछि थाहा भयो, उनी एक महिलाले दिएको उजुरीको आधारमा प्रहरी हिरासतमै रहेछन् ।

‘एक जना युवतीलाई जिस्काएको भन्दै २४ घन्टा हिरासतमा राखिएको रहेछ’, अनुसन्धानमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘खासमा उनीहरु लिभिङ टुगेदरमा रहेछन्, बिहे गर्न नमानेपछि युवतीको उजुरी परेको रहेछ ।’

प्रहरीका अनुसार अदालतमा गएर विवाह गर्ने सर्तमा विवाद टुंग्याउन खोजिएको थियो । तर, जिल्लाको न्यायाधीश विदामा भएकाले अभिभावकको जिम्मा लगाउने तयारी भइरहेका वेला ब्युरोको टोलीले उनलाई पक्राउ गर्‍यो र अहिले काठमाडौंमा ल्याएको छ ।

उनले एसएलसीको सर्टिफिकेट कीर्ते गरेर जन्ममितिसमेत परिवर्तन गरी एमबीबीएस पढेको पाइएको ब्युरो प्रमुख सहकुलबहादुर थापा बताउँछन् । उनका अनुसार शाहसँगै शैक्षिक प्रमाण पत्र कीर्ते गर्ने ७ जनालाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?