Comments Add Comment

खोप लगाएका नागरिकलाई पनि भारत भ्रमण नगर्न अमेरिकाको सुझाव

७ वैशाख, काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लिइसकेका नागरिकहरुलाई पनि भारत भ्रमण नगर्न सुझाव दिएको छ । भारतमा कोरोना संक्रमण बढिरहेको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई यस्तो सुझाव दिएको हो ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले एक एडभाइजरी जारी गर्दै भारतमा फैलिरहेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) बाट कोरोना खोप लिइसकेका मानिस पनि जोखिममा रहेको बताएको छ । उक्त एडभाइजरीमा भनिएको छ, ‘भारत जानु अत्यावश्यक छ भने सबैभन्दा पहिला खोपको पूरा डोज लिनुहोस् । मास्क लगाउनुहोस्, भिडभाडमा नजानुहोस्, ६ फिटको दूरी कायम राख्नुहोस् र बेलाबेलामा हात धुनुहोस् ।’

यसअघि बेलायतले पनि भारतबाट आउने मानिसमाथि प्रतिबन्ध लगाएको थियो । बेलायतको नियम अनुसार भारतबाट बेलायत र आयरल्याण्डका नागरिकले मात्र बेलायत भ्रमण गर्न पाउनेछन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि भारतमा बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आफ्नो भारत भ्रमण रद्द गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment