Comments Add Comment

सुरिलो स्वर, सुन्दर मुहार

गायिका अस्मिता अधिकारीको स्वरका जति प्रशंसकहरु छन्, उनको सुन्दरताको प्रशंसकहरु पनि उत्तिकै भेटिन्छन् । यी सुन्दरी पछिल्लो समयकी चलेकी गायिका हुन् ।

अस्मिताको उदय ‘नेपाल आइडल’ सिजन दुईबाट भएको हो । ‘नेपाल आइडल सिजन दुई’की थर्ड रनरअप अस्मिताले दर्जनौं हिट गीत सांगीतिक बजारमा दिईसकेकी छिन् ।

उनले ‘तिम्रो मायाले बाँधेर राख’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’, ‘टाढा भएपनि’ जस्ता गीतहरु गाईसकेकी छिन् । यी गीतहरु स्रोता तथा दर्शकले रुचाएका गीतहरु हुन् ।

अस्मिताको स्वरमा ‘साली मनपर्यो’, ‘तिम्रो घरको वरीपरी’ जस्ता पाश्र्व गीतहरु पनि स्रोता-दर्शकले उत्तिकै रुचाएका छन् । कतिपयलाई थाहा नभएको हुनसक्छ, झापाकी अस्मिता नर्स हुन् ।

गायिका र नर्स अस्मिताको वाल्यकालदेखिकै सपना हो । बाल्यकालमा हुँदा कसैले ‘भविष्यमा के बन्ने रु’ भनेर सोँधे भन्थिन्, – गायिका अनि नर्स ।

वाल्यकालमा उनले विशेषतः भजन गाउँथिन् । परिवारसँग कहिकतै जाँदा पनि गीत गुनगुनाउँथिन् । कोहीले माया गरेर पैसा दिन्थे । त्यस्ता कुराहरुले गायनमा प्रोत्साहन गथ्र्यो ।

सानैदेखि गीत गुनगुनाउँदै आएकी अस्मिता नर्स बन्ने सपनाका खातिर पढाईलाई पनि उत्तिकै महत्व दिइन् ।

लगनशिलकै खातिर गायिका अनि नर्स दुवै बन्ने सपना पुरा गरिन् । शान्त स्वभावकी अस्मितालाई हिजोआज कतिपयले विहेबारे सोध्छन् । यसबारे उनी सोँच बनिनसकेको बताउँछिन् । आफू करिअरमा नै फोकस भईरहेको उनी बताउँछिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment