Comments Add Comment

म्यानमारका सैन्य अधिकारीमाथि ईयूको प्रतिबन्ध

७ वैशाख, काठमाडौं । युरोपेली संघ (ईयू) ले म्यानमारका सैन्य अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको छ ।

गत फेब्रुअरीमा म्यानमारको सेनाले प्रजातन्त्रवादी सरकारलाई हटाउँदै शासन हातमा लिएको थियो । त्यसयता ईयूले म्यानमारको सेनामाथि सबैभन्दा कडा प्रतिबन्ध लगाएको हो ।

सोमबार ईयूले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यो प्रतिबन्धमा उनीहरुको सम्पत्ति जफत गर्ने र भिसामा प्रतिबन्ध लगाउनेसम्मका निर्णय छन् ।

ईयूले उनीहरु सबै म्यानमारको प्रजातन्त्र खोस्ने कार्यमा जिम्मेवार रहेको बताएको छ । त्यसका साथै उनीहरु गम्भीर किसिमको मानव अधिकार हननमा पनि संलग्न रहेको ईयूले बताएको छ ।

म्यानमारमा अहिले दैनिक रुपमा सैन्य कूको विरोधमा आन्दोलन हुँदै आएको छ । सेनाविरुद्धको आन्दोलनमा कम्तीमा ७३८ जनाको मृत्यु भइसकेको छ भने चार हजारभन्दा धेरै मानिस पक्राउ परिसकेका छन् ।

३२ सयभन्दा धेरै हिरासतमा छन् । सेनाले भने यो संख्यालाई गलत भन्दै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment