७ चैत, काठमाडौं । बाँकेमा मंगलबार एकैदिन २८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार पछिल्लो २४ घण्टामा ३५३ जनाको नमुना परीक्षण गर्दा २८५ जनामा संक्रमण पुष्टि भएको हो ।
ओलीका अनुसार भेरी अस्पतालको पीसीआर ल्यावमा १९३ जनाको नमुना परीक्षण गर्दा १७९ जनामा संक्रमण पुष्टि भएको हो भने बागेश्वरी डाइग्नोसिस केन्द्रमा ८५ जनाको नमुना परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा ७५ जनाको परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको उनले बताए ।
बाँकेमा कोरोना संक्रमण र संक्रमणका कारण मृत्यु दर पनि बढ्दै गएपछि स्थानीय प्रशासनले लकडाउनको तयारी समेत गरेको छ ।
नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले तीब्र रुपमा बढेको कोरोना संक्रमण रोक्न लकडाउन गर्नुको विकल्प नभएको भन्दै आगामी बिहीबारदेखि कम्तिमा एकसाता लकडाउन गर्न सिफारिस गरेको हो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4