८ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेदरल्याण्ड्स र मलेसियाबीचको खेल वर्षाका कारण रोकिएको छ ।
मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेको थियो । त्यसपछि खेल रोकिएको छ ।
नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको छ । मलेसियाले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिइसकेको छ । नेदरल्याण्ड्सका बेन कुपर ३३ र कप्तान पिटर सिलार २९ रनमा अविजित छन् ।
प्रतिक्रिया 4