Comments Add Comment
पृथ्वी दिवस :

४.६ अर्ब वर्षमा कसरी विकास हुँदै आयो जीव र वनस्पतिको ?

आज विश्व पृथ्वी दिवस । पृथ्वीको वातावरणीय सुरक्षा लगायतको विषयमा सचेतना अपनाउँदै यो दिवस मनाउने गरिएको छ । आजभन्दा ४.६ अर्ब वर्षपहिले उत्पत्ति भएको पृथ्वी आजको युगसम्म आइपुग्दा कार्वज उत्सर्जनका कारण वातावरणीय प्रदूषणको जोखिममा छ । तर यसको विगत हेर्दा भने बेलाबेलामा पृथ्वी पूरै हिउँमय भएर फेरि वातावरण अनुकूल भएपछि मात्रै मानव बसोबासको सुरुवात हुन थालेको मान्ने गरिन्छ ।

वैज्ञानिकहरु अन्टार्कटिका लगायतका महादेशमा अझै पनि हिउँमय अवस्था नसकिएको भन्दै अहिलेसम्म पनि हिमयुगको अवशेष नसकिएको बताउँछन् । बेलायतमा रहेको जियोलोजिकल सोसाइटीका अनुसार अहिलेसम्म ४ पटकसम्म पृथ्वी हिउँमय भएको वैज्ञानिकहरु बताउँछन् भने समयसमयमा फेरि पनि हिमयुग दोहोरिरहन्छ ।

४ अर्बमा कसरी विकास भयो पृथ्वी ?
पृथ्वीको विकासलाई नियाल्दा यसलाई विभिन्न कालखण्डमा विभाजन गरेर हेर्न सकिन्छ । यसमा पनि विद्वानहरुले पृथ्वीको विकासक्रमलाई सबैभन्दा ठूलो तहलाई कल्प भनिन्छ । कल्प(इरा)लाई कालमा विभाजन गरिन्छ । कल्प (इरा)लाई युगमा विभाजन गरिन्छ भने युगलाई अवस्था (स्टेजेज)मा विभाजन गर्ने गरिन्छ ।

सबैभन्दा ठूलो भागलाई इजोन भनिन्छ । इजोनलाई इरामा विभाजन गरिन्छ । जसलाई दोस्रो ठूलो खण्डको रुपमा चिनिन्छ । इरालाई पिरियडमा विभाजन गरिन्छ । पिरियडलाई इपोचमा पनि विभाजन गर्न सकिन्छ ।

प्रि–क्यम्रियन कालखण्ड

पृथ्वीको विकासक्रमलाई क्याम्रियन र प्रिक्याम्रियन गरी २ भागमा विभाजन गर्ने गरिन्छ । पृथ्वी उत्पत्तिको झण्डै ४ अर्ब वर्षको समय यही कालखण्डभित्र पर्छ । यो समयमा लेउको विकास हुन थाल्यो । स्ट्रोम्याटोलेट जस्ता फोसिलहरु एवं बहुसेलयुक्त जनावरहरुको विकास यो समयमा भयो । यो समय सबैभन्दा पुरानो र सबैभन्दा लामो समय खण्ड हो । पृथ्वीको इतिहासको करिब ९० प्रतिशत हिस्सा यही कालखण्डमा पर्छ ।

पृथ्वीको सुरुवाती समयदेखि ५४ करोड वर्ष पहिलेसम्म यही कालखण्डमा पृथ्वीले गुजा¥यो । यही समयमा नै सबैभन्दा पुरानो ढुंगा र गहिरा ढुंगाहरु बनेको जियोलोजिकल अध्ययनहरुले देखाएका छन् । यो समयमा फलाम, चाँदी र सुन जस्ता धातुहरु पृथ्वीमा डिपोजिट भएर बसे ।

तस्वीर : विकिमिडियाबाट

क्याम्रियन कालखण्ड

अमेरिकाको मिचिगन विश्वविद्यालयको जियोलोजी केन्द्रीय विभागको रिपोर्ट अनुसार क्याम्रियन कालखण्ड आजभन्दा ५४ करोड वर्षपहिलेदेखि यो काल सुरु हुन्छ । यो समयले हालसम्मको पृथ्वीको पूरा कालखण्डमा १० प्रतिशत हिस्सा बोकेको छ भने यही कालखण्डमा अहिलेसम्मका सबैखाले जीवहरुको विकास यही समयमा भयो । क्याम्रियन कालखण्डलाई निम्न कालखण्डमा विभाजन गर्न सकिन्छ ।

प्यालियोजोइक इरा अर्थात् पुराजैविक कल्प

जियोलोजिकल सोसाइटीका अनुसार प्यालियोजोइक इरा सुरु भयो ५४ करोड वर्ष पहिलेदेखि २५ करोड वर्ष पहिलेसम्मको समयलाई पुराजैविक काल भनिन्छ । यसलाई पनि छ भागमा विभाजन गरिएको छ । विभिन्न जीवको जीवन सुरु भएको पहिलो समय यही हो । यसमा च्याउ एवं सोही प्रजातिका वनस्पति र गोही जस्ता सरिसृप जनावरको विकास भयो । यो युगमा घिस्रिएर हिँड्ने जीवबाहेक पनि उभयचर प्राणीको समेत धेरै विकास भयो । यो पनि युग विकासको लागि महत्वपूर्ण कालखण्ड हो ।

तस्वीर : नर्डिकेटरपिलर डटकमबाट

मेसोजोइक अर्थात् मध्यजैविक कल्प

मेसोजोइक समय भनेको २४ करोड वर्षपहिलेदेखि १३ करोड ८० लाख वर्ष पहिलेसम्मको समय हो । यो समयमा डायनोसरको विकास र विनास भयो । यो युगमा छेपारो, गोही, कछुवा, डायनोसर जस्ता जीवहरुको विकास भयो । यो कालखण्ड चिसो रगत भएका जनावरहरुको व्यापक विस्तार भएको समय हो । त्यसैले पनि यसलाई समेत पृथ्वीको विकासक्रममा एउटा महत्वपूर्ण कालखण्डको रुपमा लिने गरिन्छ ।

तस्वीर : लाइभसाइन्स डटकमबाट

नवजैविक कल्व वा सेनोजोइक इरा

यो भौगर्भिक तालिका अनुसार सबैभन्दा अन्तिम वा वर्तमान समयको नवकल्प हो । यो कल्पको सुरुवात आजभन्दा ६ करोड ३० लाख वर्ष पहिले सुरु भएको हो भने यसको अन्त्य आजभन्दा १० हजार वर्ष पहिले भएको थियो । यो समयमा स्तनधारी जनावर, खरायो, घोडा, बिरालो, कुकुर, फूलजन्य रुख र विरुवा एवं अन्तिममा मान्छेको पुर्खाको विकास भयो । हाम्रो मानव जातिको रुपमा रहेको होमो स्यापियन्सको विकास पनि यही कालमा भएको हो ।

नव जैविक कल्पमा भएको जीवको विकासलाई पनि विभिन्न कालखण्डमा विभाजन गरेर हेर्न सकिन्छ । यसलाई २ कालमा विभाजन गरिन्छ । ती हुन्:

१ टर्सरी पिरियड

२. क्वार्टर्नरी पिरियड

जसमध्ये टर्सरी पिरियड अन्तर्गत् पनि विभिन्न कालखण्डहरु हुने गर्छन् । प्रा.डा. पेसल दाहाल र सोमप्रसाद खतिवडाद्वारा लिखित पुस्तक पुरातत्वको परिचयमा टर्सरी पिरियड अन्तर्गत्का विभिन्न कालखण्डको बारेमा उल्लेख गरिएको छ । जुन तल उल्लेख गरिएको छ ।

–प्यालियोसिन (६ करोड ३० लाख वर्षपहिले) – यो कालखण्डमा केही नयाँ पर्वतहरुको वृद्धि भयो भने लेमुर लगायत वानरहरुको विकास भयो ।

–इयोसिन (५ करोड ८० लाख वर्षसम्म)– यो समयमा नवीन पर्वत शृङ्खलाको विकास भयो भने नवीन केही जीवको समेत विकास भयो ।

–ओलिगोसिन (३ करोड ६० लाख वर्षसम्म)– यो कल्पमा पहिलोपटक बाँदर कछुवा गोही जस्ता प्राणीको विकास भयो ।

–मियोसिन (२८ करोड ५० लाख)– यो कालमा एन्थ्रोपोइड एपेस जस्ता वानरहरुको विकास भयो ।

–प्लियोसिन(१ करोड २० लाख वर्षसम्म) – यो कालमा चिसो वातावरण र हावापानी, जंगलमा वृद्धि एवं होमोनिड वर्गका जीवको विकास

–होलोसिन (१० हजार इसापूर्वसम्म) – यो युग वर्तमान समय हो । यो समयमा प्राणीहरुको विकास भयो भने धेरै आधुनिक प्रविधिको विकास पनि भयो ।

त्यस्तै, क्वार्डनरी पिरियड अन्तर्गत् पर्ने प्यालिस्टोसिन र होलोसिन पिरियड गरी २ भागमा विभाजन गर्ने गरिन्छ । प्यालेस्टोसिन पिरियडमा हिम युगको सुरुवात भयो । यो २२ लाख वर्ष पहिलेदेखि १० हजार वर्षपहिलेसम्म चल्यो । यही समयमा चारपटक लामो समयसम्म हिम युग चलेको थियो भने यसको बीचमा ३ पटक न्यानो अन्तर हिमानी युगको सुरुवात भयो । यी ४ हिमयुगहरुमा गुञ्ज, मिण्डेल, रिश र वुर्भ रहेका छन् । यो युगमा हात्ती, घोडा, साँढे आदि जस्ता ठूला जनावरहरु यही युगमा देखा परे । मानवको उत्पत्ति र विकास यही युगमा भयो भने मान्छेको धेरै विकास पनि यही युगमा भएको पाइन्छ ।

त्यसपछिको होलोसिन युग सुरु हुन्छ । यो युग १० हजार वर्षपहिलेदेखि सुरुवात भएको हो । यसमा मान्छेले घुमन्ते युग त्यागी पशुपालन र खेतीपातीको सुरुवात गरेका थिए । यही युगमा इसापूर्व ३००० वर्षपहिलेतिर सभ्यताको सुरुवात पनि भयो । सभ्यताको सुरुवातसँगै इतिहासको सुरुवात भयो । यसमा धेरै लिपिहरुको विकास भए । युरोप र भारतवर्षको इतिहासलाई पहिलेदेखि नै विभाजन गर्न सकिने भएपनि सभ्यताको सुरुवतासँगै विश्वका करिब आधादर्जन ठाउँहरुमा ठूलाठूला सभ्यताहरुको विकास भयो ।

भारतवर्षमा सिन्धु नदीको किनारामा एउटा सभ्यता बस्यो । सिन्धुसभ्यताबाट विभिन्न सभ्यताहरुको विकास भए । सिन्धुसभ्यता पछि वैदिक युग सुरु भयो । जुन इसापूर्व १७०० वर्षदेखि इसापूर्व १००० सम्म चल्यो । त्यसपछि महाकाव्यकाल चल्यो । इसापूर्व छैठौं शताब्दीमा बुद्धकाल सुरु भयो । सोही समयमा नेपालमा किराँतकाल सुरु भइसकेको थियो । भारतमा चाणक्यकाल, त्यसपछि अशोकको शासनकाल, कुषाण, शुंग हुँदै गुप्तवंशसम्म चल्यो भने नेपालमा किराँतपछि लिच्छवि, मल्ल हुँदै शाह वंशसम्म आइपुगेर विकसित हुँदै आजको दिनसम्म नेपालको इतिहास विकास हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment