+
+
Shares

भारतीय कोरोना खोप नयाँ भेरियन्टमा पनि प्रभावकारी : आईसीएमआर

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १३:५१

९ वैशाख, काठमाडौं । भारतको मेडिकल नियमनकारी संस्था इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना भाइरस संक्रमण रोक्न अहिले दिइएको कोभ्याक्सिन र कोभिशिल्ड खोप नयाँ प्रकारमा पनि प्रभावकारी देखिएको बताएको छ ।

आईसीएमआरले खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको बताएको छ । आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ । यद्यपि प्रतिरोधी क्षमता प्रत्येक डोज दिएको दुई सातापछि मात्र विकसित हुन शुरु हुन्छ र सबै मानिसमा एउटै समयमा भने विकास हुँदैन । कोरोनाको पहिलो डोज लिएका मानिसहरु पनि संक्रमितको सम्पर्कमा आए संक्रमित बन्न सक्छन् ।’

भार्गवका अनुसार कोरोनाविरुद्धको कोभ्याक्सिन खोप लिने एक करोड १० लाख मानिसमध्ये ९३ लाख ५६ हजार ४३६ ले पहिलो डोज लिएका थिए । उनीहरुमध्ये सहभागीमध्ये ४ हजार २०८ जनामा मात्र कोरोना संक्रमण देखिएको थियो । दुवै डोज लिएका १७ लाख ३७ हजार १७८ मध्ये ६९५ जनामा मात्र कोरोनाको संक्रमण देखिएको थियो ।

भारतमा कोभिशिल्ड खोप लगाएका ११ करोड ६० लाख मानिसमध्ये १० करोड ३ लाख २ हजार ७४५ ले पहिलो डोज खोप लिएका थिए । उनीहरुमध्ये १७ हजार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो । १ करोड ५० लाखले कोभिशिल्डको दुवै डोज लिएका थिए । उनीहरुमध्ये पाँच हजार १४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?