९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ४१ रन बनाएर आउट भएका छन् । तेस्रो नम्बरमा ब्याटिङ गरेका उनले आक्रमक ब्याटिङ गर्दै २५ बल खेल्दै १ चौका र ४ छक्का प्रहार गरे ।
कुशल भुर्तेल १६ रन बनाएर आउट भएपछि क्रिजमा पुगेका ज्ञानेन्द्रले दोस्रो विकेटका लागि आसिफ शेखसँग ७३ रनको साझेदारी गरे ।
ज्ञानेन्द्र १२औं ओभरको पहिलो बलमा आउट भए । मलेसियाका अनव रहमान मोहम्मद वाफिकको हातबाट ज्ञानेन्द्र क्याचआउट भएका हुन् ।
प्रतिक्रिया 4