
१० वैशाख, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार तोलमा दुई सयले बढेर ९२ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा झरेको हो ।
शुक्रबारका लागि तेजावी सुनको भाउ ९१ हजार दुई सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार एक हजार तीन सय ३५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ शुक्रबार एक हजार तीन सय २० रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4