+
+
Shares

दराजका कर्मचारीलाई कोरोना खोप 

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १३:१०

१० वैशाख, काठमाडौं । नेपालको अनलाइन शपिङ बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्ना कर्मचारीलाई कोभिड–१९ खोप दिन सुरु गरेको छ।

कम्पनीले गत २ हप्ताको अवधिमा देशभरका  विभिन्न सहरहरुबाट कर्मचारीहरुलाई काठमाडौं ल्याएर खोप लगाई फिर्ता पठाएको कम्पनीले जनाएको छ।

दराजका कर्मचारीलाई मात्र नभई उनको परिवार तथा समुदायलाई पनि सुरक्षित राख्न मद्धत पुग्ने विश्वासका साथ खोप लगाउने व्यवस्था मिलाइएको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए । कोभिड-१९ को महामारी सुरु भएदेखि ई-कमर्स कम्पनी र उनका सम्बन्धित फ्रन्टलाइन कर्मचारीहरुले ग्राहकलाई आवश्यक पर्ने सामान सजिलैसँग घरमै पुर्‍याउँदै आएको उनले बताए । कम्पनीका लागि फ्रन्टलाइन कर्मचारी एक महत्वपूर्ण हिस्सा भएका कारण कोरोनाको जोखिमबाट बचाउन खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

खोप लगाउनु भनेको भाइरसबाट आफूलाई मात्र जोगाउनु नभई आफ्नो परिवार, साथीहरू र सहकर्मीहरूलाई नि जोगाउनु रहेको हब सुपरभाइजर विशाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?