+
+
Shares

आईएमई मोटर्सद्वारा भारतीय दूतावासलाई दुई थान एम्बुलेन्स हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते १४:२४

१० वैशाख, काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्धारा प्रबर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमका बीच भारतीय दूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

दूतावासले बताए अनुसार आईएमई मोटर्सले उपलब्ध गराएको उक्त एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसवारी र धुलीखेल अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उक्त एम्बुलेन्स उपहार स्वरूप हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्सका साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गर्दै आइरहेको छ।

स्वास्थ्य सेवा, विशेषगरी आपत्कालीन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्री वितरण गर्दै आएको जनाएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?