Comments Add Comment

नितेषले लेखे–‘मेरो सांगीतिक यात्रा निष्कर्षमा पुगेको छ’

नेपाली सांगीतिक क्षेत्रमा गायक नितेष जंग कुँवरको राम्रो क्रेज छ । आफ्ना गीतसंगीतका कारणले उनले सांगीतिक क्षेत्रमा पछिल्लो समय राम्रो उचाई बनाएका छन् ।

उनै, नितेशले सामाजिक संजालमा एउटा स्टाटस लेख्दै आफ्नो सांगीतिक करिअर निष्कर्षमा पुगेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । सबैलाई यो साथका लागि धेरै धेरै धन्यवाद स्वस्थ रहनुहोस्, नम्र हुनुहोस् ।’

नितेशले सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको उल्लेख गरेपनि यो क्षेत्रबाट टाढा हुनुको कारण भने खुलाएका छैनन् । केही महिना अगाडि चलचित्र ‘बाबरी’मा काम गर्ने पक्का भएर पनि नितेशले अन्तिम समयमा छाडेका थिए ।

नितेशको स्वरमा समावेश ‘हाम्रो नेपालमा वुझ्यो होइन कुरा परी, पिडित, धोकेवाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनु’ लगायतका गीत हिट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment