Comments Add Comment

सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस

१२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिबन्धात्मक आदेश जारी गर्दा चालु परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भीडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सबै परीक्षा रोक्ने सिफारिस भएको छ ।

बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment