Comments Add Comment

सोलुखुम्बु र सिन्धुपाल्चोकमा खोलामा डुबेर दुईजनाको मृत्यु

१३ वैशाख, काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५ मजुवास्थित ताम्ली खोलाको दहमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

खोलाको छेउमा खेल्ने क्रममा ढुंगाबाट चिप्लेर दहमा डुबेर ६ वर्षीया जेनिशा विकको आइतबार दिउँसो मृत्यु भएको हो ।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ स्थित भोटेकोशी नदीमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ ।

भोटेकोशी गाउँपालिका–१ मा निर्माणाधीन मध्यभोटेकोशी हाइड्रोपावरको सुरुङ मार्गमा काम गर्ने बैतडी डोगडाकेदार गाउँपालिकाका २६ वर्षीय रमेशबहादुर साउदको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment