+
+
Shares

पुरानो मदरसा भत्काउने क्रममा च्यापिएर मजदूरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १७:४८

१३ वैशाख, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा पुरानो मदरसा भत्काउने क्रममा एकजना मजदूरको च्यापिएर मृत्यु भएको छ ।

सम्सी गाउँपालिका २ पर्सास्थित पुरानो मदरसा भत्काउने क्रममा मजदूर स्थानीय ६५ वर्षीय मन्सुर मोमिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार पुरानो मदरसा भत्काउने क्रममा खसेको भवनमै च्यापिएर उनको घटनास्थमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान पश्‍चात मृतकको शव उनको आफन्तले बुझेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?