+
+

सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते २०:५५

१२ वैशाख, सुर्खेत । वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टका अनुसार दुर्घटनामा मनिकला सपकोटा भट्टको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा गएको स्थानीयको आरोप छ ।

चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसक्रमा स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?