Comments Add Comment

प्रशान्त तामाङलाई मातृशोक

गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्त स्वयंमले आमाको निधन भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् । प्रशान्तकी आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । कहिले निधन भएकोबारे भने प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

‘ईण्डियन आइडल २००७’ का विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए । त्यसयता आधा दर्जन नेपाली चलचित्रमा काम गरे । नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को हिट चलचित्र हो । त्यस्तै उनको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनका लागि तयार छ ।

निर्देशक रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै आमाप्रति ऋद्धाञ्जली दिँदै परिवारमा समवेदना ब्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘हजुरले प्रशान्तलाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अवसर प्राप्त गरेको थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment