Comments Add Comment

आगोमा जलेर महोत्तरीमा बालकको मृत्यु

१५ वैशाख, काठमाडौं । महोत्तरीको पिपरा गाउँपालिका–५ मा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ का श्रवण यादवका सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

मंगलबार राति ९ बजेतिर श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक सुतिरहेको बेला ओछ्यान नजिकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किएको थियो । आगोले शरीरको दाहिने भाग जलेर बालक गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment