+
+
Shares

तोलामा ९ सयले घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १७ गते १२:४५
फाइल तस्वीर

१७ वैशाख, काठमाडौं । सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । कोभिडको दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय मूल्यमा आएको गिरावटको असर नेपाली बजारमा पर्दा सुनको मूल्य ओरोलो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावाल सुनको प्रतितोला भाउ ८९ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार छापावल सुन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ४५० रुपैयाँ कायम भएको छ भने चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १३१५ रुपैयाँमा कारोबार भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२९५ रुपैयाँ प्रतितोला तोकिएको छ । देशका प्रमुख सहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार निकै कमी आएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?