Comments Add Comment

बंगाल चुनाव : मुख्यमन्त्री बनर्जी अधिकारीसँग पराजित

१९ वैशाख, काठमाडौं । भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी नन्दीग्रामबाट पराजित भएकी छन् । बिबिसी हिन्दीका अनुसार भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीसँग बनर्जी १९५६ मतले पराजित भएकी हुन् ।

शुभेन्दु यसअघि तृणमूल काँग्रेसकै नेता थिए । उनी ममताको दोस्रो कार्यकालमा परिवहन मन्त्री समेत बनेका व्यक्ति हुन् । यसपटक उनले भारतीय जनता पार्टीको तर्फबाट चुनाव लडेका थिए ।

ममता चुनावमा पराजित भए पनि उनको पार्टी तृणमूल कांग्रेस (टीएमसी) भने जित उन्मुख देखिएको छ । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा स्थानीय समय अनुसार राति साढे १० बजेसम्मको मत परिणाम अनुसार तृणमूल काँग्रेस १६४ सिटमा विजयी भएको छ भने ४८ सिटमा अघि रहेको छ ।

त्यस्तै आसाममा भारतीय जनता पार्टीसहितको एनडीए गठबन्धनले एक ठाउँमा जित र ५५ ठाउँमा अग्रता लिएको छ भने भारतीय कांग्रेसको २८ ठाउँमा अग्रता रहेको छ ।

तामिलनाडुमा विपक्षी डीएमकेले एक ठाउँमा जित र १२२ ठाउँमा अग्रता लिएको छ । यो राज्‍यको विधानसभामा २३४ छ । यस्तै केरला १४० सिट र पुदुचेरीमा ३० सिटको लागि मतगणना जारी छ ।

यसअघि विभिन्न भारतीय सञ्चारमाध्यममा आएको सूचनाको आधारमा तृणमूल काँग्रेसकी उम्मेदवार ममता बनर्जी विजयी भएको भन्ने समाचार भुलवश प्रकाशित हुन पुगेकोले क्षमा याचना सहित समाचार अपडेट गरिएको छ । –सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment