+
+
Shares

नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १८ गते १०:०६

१८ वैशाख, काठमाडौं । नेपाल र डोमिनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या १६९ पुगेको छ ।

संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका न्यूयोर्कस्थित स्थायी मिसनका लागि राजदूत लोरेन रुथ बनानिसबीच दुई देशको विचमा कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी एक समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन् ।

दुवै राजदूतले एक संयुक्त पत्रमार्फत संयुक्त राष्ट्रसंघका महासचिवलाई कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराएका छन् ।

दुई राजदूतको विचमा द्विपक्षीय सम्बन्धलाई कसरी विस्तार गर्ने र पारस्परिक हितका लागि काम गर्ने विषयमा समेत कुराकानी भएको न्यूयोर्कस्थित नेपाली मिसनले बताएको छ ।

नेपाल र डोमिनिका जी–७७ र असंलग्न आन्दोलनका सदस्य मुलुक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?