Comments Add Comment

एट्लेटिकोलाई ५ अंकको अग्रता

१९ वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले शनिबार रेलिगेसन जोनमा रहेको एल्चेलाई १-० ले पराजित गर्दै अंक दूरी बढाएको छ । यस जितपछि एट्लेटिकोले रियल मड्रिड र बार्सिलोनामाथि ५ अंकको अग्रता कायम गरेको छ ।

खेलको अन्तिम समयमा एल्चेले पेनाल्टीमा गोल गर्न नसकेपछि एट्लेटिकोले ३ अंक जोडेको हो ।

एल्चेको मैदानमा भएको खेलको २३औं मिनेटमा मार्कुस लरेन्टेले यानिक कारास्कोको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ९०औं मिनेटमा उनै लरेन्टेले बल ह्याण्ड गरेपछि एल्चेले पेनाल्टी पायो ।

तर कप्तान फिडेल चेभ्सको पेनाल्टी प्रहार पोष्टमा लागेर फर्कियो ।

जितपछि एट्लेटिकोले ३४ खेलबाट ७६ अंक जोडेको छ । एक खेल कम खेलेको रियल र बार्सिलोनाको समान ७१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

खच्चड जिन्दगी !

Advertisment