+
+
Shares

भारतमा एकै दिन ३ लाख ९२ हजारभन्दा बढी संक्रमित थपिए

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते १२:०४

१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा थप ३ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ९५ लाख नाघेको छ । त्यस्तै दुई लाख १५ हजार ५४२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ३३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा ६३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । कर्नाटकमा पनि नयाँ संक्रमितको संख्या ४० हजारभन्दा धेरै छ ।
केरलामा ३५ हजार र उत्तर प्रदेशमा ३० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । दिल्लीमा नयाँ संक्रमितको संख्या २५ हजारभन्दा धेरै छ ।

भारतमा कोरोना संक्रमण नियन्त्रणको लागि लकडाउन तथा अन्य सामाजिक गतिविधिमा कडाइका नियम ल्याइएको छ तर पनि संक्रमण भने नियन्त्रणमा आएको छैन । अहिलेसम्म भारतमा १५ करोड ६८ लाखभन्दा धेरै डोज कोरोना खोप लगाइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?