Comments Add Comment

वीरगञ्जस्थित होटल विजय ज्योतीमा आइसोलेसन सञ्चालन

फाइल तस्वीर

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितका लागि पेड होटेल क्वारेन्टिन/आइसोलेसन सेवा शुरु गरिएको छ । संक्रमण पुष्टि भएपछि घर–परिवार भन्दा टाढा बस्न चाहाने वा छुट्टै बस्ने सुविधा नभएकाहरुलाई लक्षित गरेर आइसोलेसन सेवा शुरु गरिएको हो ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास छेउको होटल विजय ज्योती प्रालि पेड क्वारेन्टिन/आइसोलेसन सेवा दिन तयार भएको छ । होटलमा १६ वटा कोठा छन् ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएसँगै पर्सामा दैनिक १ सय भन्दा बढी संक्रमित फेला परिरहेका छन् । आइतबार मात्रै पर्सामा १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जमा गत वर्ष जस्तो लक्षण भएका तर अवस्था सामान्य रहेका संक्रमितहरुका लागि सामुदायिक आइसोलेसन सेन्टर छैनन् । सरकारले भारतबाट आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिन बस्न भनेको छ ।

वीरगञ्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जलाई विगतमा जस्तै पेड सेवा शुरु गर्न आग्रह गर्दै आएको थियो । घरमा बस्न पायक नपर्ने तथा सामुदायिक आइसोलेसनमा बस्न नचाहने संक्रमितलाई लक्षित गरेर सेवा दिन लागिएको संघका अध्यक्ष अध्यक्ष हरि पन्तले बताए ।

एसी तथा अट्याच बाथरुम सहितको कोठा एक व्यक्तिका लागि प्रतिदिन ३ हजार र दुई जना बस्दा प्रति व्यक्ति २ हजार शुल्क तोकिएको छ । होटलमा बस्नेहरुका लागि २/२ खाजा र खानाको व्यवस्था गरिएको होटलका सञ्चालक हिरा श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment