Comments Add Comment

कोरोना संक्रमित मिर्गौला रोगीको डायलाइसिस गरियो

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिएको छ । पर्साको तिलझप्टीका ५५ वर्षीय पुरुषको डायलाइसिस गरिएको हो ।

दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि संक्रमितको पहिलोपटक डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालका डा. निरज सिंह (जुनियर) र नर्स मधु चौरसियाले दिउँसो ३ बजेतिर संक्रमितको डायलाइसिस गरेका थिए ।

सोमबार र मंगलबार पनि उनको डायलाइसिस गरिने नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए । ‘संक्रमितका लागि एउटा डायलाइसिस मेसिन त छुट्याएर राखेका थियौं । तर त्यसको प्रयोग गर्नु परेको थिएन,’ उनले भने, ‘५५ वर्षीय पुरुष संक्रमितको डायलाइसिस गर्नुपर्ने समय भइसकेको रहेछ । दुई दिनदेखि प्रयासमा थियौं । आज डायलाइसिस गर्न सफल भयौं ।’ डायलाइसिसपछि संक्रमितको स्वास्थ्य अवस्था राम्रो देखिएको उनले बताए ।

श्वासप्रश्वासको समस्या भएपछि उनलाई वैशाख १५ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment