Comments Add Comment

पञ्‍जाबका कप्तान केएल राहुल अस्पताल भर्ना

१९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज क्लब पञ्जाब किङ्सका कप्तान केएल राहुल अस्पताल भर्ना भएका छन् । एपेन्डिसाइटिस भएपछि उनलाई अस्पताल भर्ना गरिएको पञ्जाबले जनाएको छ ।

शनिबार राति पेट दुखेपछि उनले टिमलाई जानकारी गराएको र औषधि प्रयोग गरेपनि ठीक नभएपछि उपचारका लागि अस्पताल लगिएको थियो । राहुललाई एपेन्डिसाइटिस भएको र उपचार शल्यक्रियामार्फत हुने पञ्जाबले जनाएको छ । शल्यक्रिया हुने भएपछि राहुलले केही खेल गुमाउने भएका छन् ।

आईपीएल २०२१ मा सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा रहेका राहुलले उपचारपछि केही दिन क्वारेन्टिनमा बस्नुपर्ने र यदि उनी पञ्जाब टिममा फर्किएका बाओ बबलमा रहनुपर्ने क्रिकबजले जनाएको छ ।

रोएल च्यालेन्जर्स विरुद्धको पछिल्लो खेलमा राहुल फिल्डिङका क्रममा मैदान बाहिर थिए । जसले गर्दा क्रिस गेलले कप्तानी सम्हालेका थिए ।

पञ्जाबले अर्को खेल आइतबार दिल्लीसँग खेल्दैछ । तर आधिकारिक रुपमा अर्को कप्तान भने तोकेको छैन । गेलले नै कप्तानी गर्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment