Comments Add Comment

कोरोना व्यवस्थापनमा प्रशंसनीय काम गरेको एलडीएफको केरलाको सत्तामा पुनरावृत्ति

Photo Credit : PTI

२० वैशाख, काठमाडौं । राजनीतिक पुनरावृत्तिको इतिहासलाई उल्ट्याउँदै केरलाको विधान सभा चुनावमा बाम गठबन्धन बाम प्रजातान्त्रिक मोर्चा (एलडीएफ)ले स्पष्ट बहुमतसहित भावी सरकारमा आफ्नो स्थान सुरक्षित बनाएको छ । हरेक ५ वर्षमा सत्ता परिवर्तन हुने राजनीतिक इतिहास बदल्दै विजयान नेतृत्वको सरकारले चुनाव जितेको हो । विश्लेषकहरू कोरोना भाइरस महामारीको एउटा घटनाले गर्दा एलडीएफले चामत्कारिक जित हासिल गरेको बताउँछन् ।

सन् २०१६ मा चुनाव जितेको एलडीएफले २०१९ को लोकसभा चुनावमा लज्जास्पद हार व्यहोरेको थियो । यसबाहेक २०१९ मा भएको लोक सभा एवं आम चुनावमा रहेको कुल ५४५ सिटमध्ये केरलामा २० सिट रहेको छ । जसमध्ये यूडीएफले १९ सिट जित्यो भने एलडीएफले केवल १ सिट जितेको थियो । त्यस्तै, सन् २०१९ मा भएको विधानसभाको ६ खाली सिटमा भएको उपनिर्वाचनमा एलडीएफ र यूडीएफले समान ३–३ सिट जितेका थिए । एनडीएफले त्यहाँ एक सिट पनि जित्न सकेको थिएन ।

यसको सं‌केत थियो २०२१ को विधान सभा चुनावमा एलडीएफले लज्जास्पद हार व्यहोरेर यूडीएफले चुनाव जित्नु । तर अहिलेको चुनावमा अपेक्षित नतिजा आएन एलडीएफले स्पष्ट बहुमत ल्यायो । यसको कारण हो कोरोना भाइरसमा सरकारले गरेको व्यवस्थापन । कोरोना भाइरसको पहिलो संक्रमण भारतमा केरलामा देखिएको थियो । तर त्यहाँ महामारीले धेरै क्षति पुर्‍याउन सकेन । उता महाराष्ट्रमा पहिलो भेरियन्टको महामारीले विध्वंश मच्चायो ।

त्यही कोरोना महामारीमा देखाएको उचित व्यवस्थापनका कारण विजयान नेतृत्वमा फेरि सरकार बन्ने अवस्था देखिएको छ ।

विधान सभाको कुल १४० सिटमध्ये यो चुनावमा ९९ सिटमा जित हासिल गर्दै आगामी ५ वर्षको लागि एलडीएफले सत्ता सञ्चालनमा आफ्नो स्थान सुरक्षित गरेको हो । एनलडीएफको निकटतम प्रतिस्पर्धी संयुक्त डेमोक्रयाटिक फ्रन्टले ४१ ठाउँमा विजय हासिल गरेको छ ।

अघिल्लो विधान सभा चुनावको तुलनामा एलडीएफ गठबन्धनले ८ सिट बढाएको छ भने भाजपा नेतृत्वको गठबन्धनले पहिले पाएको एक सिट पनि अहिले गुमाएको छ ।

२०२१ को केरला संसदको चुनावमा अप्रिल ६ देखि सुरु भएको थियो । कुल १४० सिटमध्ये बहुमतको लागि ७१ सिट चाहिनेमा विजयान नेतृत्वको बाम गठबन्धनले ९९ सिट पाएको हो ।

केरलाको प्रारम्भिक रुझानमा समेत एलडीएफले भारी सिटसहित चुनाव जित्ने देखिएको थियो । किनकि विजयान सरकारले यो समयमा दुई वटा ठूला संकटको समना गर्‍यो । जसमा सरकारले देखाएको सक्रियता र जिम्मेवारीका कारण उसले सत्ताको पुनरावृत्ति गर्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले विश्लेषण गरेका छन् ।

२०१८ मा केरलामा आएको बाढीमा पनि केरला सरकारले प्रशंसनीय काम गरेको थियो । तर उक्त कामको मूल्यांकन २०१९ को चुनावमा देखिएन । तर कोरोना भाइरसको नियन्त्रणमा केरला सरकारले गरेको प्रयासले भने सत्तामा पुनरावृत्तिको लागि विजयानलाई सत्ताको पुनरावृत्तिमा सहयोग पुर्‍याएको हो ।

विगतका चुनावी परिणामहरु

सन् २०१६ (विधान सभा) : एलडीएफ विजयी

सन् २०१६ को चुनावमा सीपीआई(एम) ले नेतृत्व गरेको एलडीएफ गठबन्धनले कांग्रेसले नेतृत्व गरेको यूडीएफलाई पराजित गर्यो । २०१६ को चुनावपछि विजयानले मुख्यमन्त्रीको शपथ लिए २५ मे २०१६ मा । त्यतिबेला एलडीएफले ९१ सिट जितेको थियो भने यूडीएफले केवल ४७ सिटमा चुनाव जितेको थियो । भाजपा नेतृत्वको एनडीए गठबन्धनले भने केवल एक सिट जितेको थियो ।

२०११ (विधानसभा चुनाव) यूडीएफ झिनो मतले विजयी

सन् २०११ मा भएको विधान एवं राज्य सभा चुनावमा यूडीएफले केवल ४ सिटले एलडीएफले चुनाव जितेको थियो । त्यतिबेला यूडीएफले ७२ सिट जितेको थियो भने ओमेन चण्डी मुख्यमन्त्री बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment