
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले कोरोना भाइरस महामारीबिरुद्ध अग्रपंक्तिमा कार्यरत ब्यक्तिहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ ।
यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवा पुर्याउने सम्पूर्ण ब्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने कम्पनीले जनाएको छ ।
योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ । जसमा एक लाख ५० हजार विशेष छुटका साथै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा बित्तिय संस्थाका कर्मचारीलाई थप ५० हजार नगद छुट, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा ५० हजार एक्सचेन्ज वोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा रोेयल्टी वोनस स्वरुप ३० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ । गाडीहरुको होम डेलिभरीको सुविधा रहेको पनि जनाइएको छ ।
यो योजना १ मे २०२१ देखि ३१ मे सम्म रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4