+
+

सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ सवारी नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २० गते १९:०९

२० वैशाख, सप्तरी । सप्तरीमा जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १७२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार जोर बिजोर प्रणाली उल्लंघन गरी चलाइएका १३ वटा चारचक्के र १५९ वटा मोटरसाइकललाई सप्तरीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो ।

जिल्लामा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले नियन्त्रण तथा रोकथामका लागि जोर बिजोर प्रणालीमा सवारी साधन चलाउन भनिएपनि उल्लंघन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिई सवारी धनीलाई  जरिवाना गरिएको काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?