+
+
Shares

भारतको बिहारमा मंगलबारदेखि लकडाउन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २१ गते १४:३७

२१ वैशाख, काठमाडौं । भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नितिश कुमारले सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् ।

बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ जना संक्रमितको मृत्यु भएको थियो । बिहारको राजधानी पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?