
२१ वैशाख, काठमाडौं । कास्की र पर्वतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो ।
४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।
अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4