Comments Add Comment

बुटवलमा खुल्यो अक्सिजन बैंक, सिलिण्डरदेखि एम्बुलेन्ससम्म तयारी अवस्थामा !

२१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक स्थापना गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम आइसोलेसनमा बसेका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन लगेर दिइने छ ।

उपमहानगर कार्यालय परिसरमा स्थापना भएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउँदा साथ परिचालन हुनेगरी व्यवस्था मिलाइएको नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, एम्बुलेन्स र स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको रेग्मीले बताए ।

अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भई अक्सिजन उपलब्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको उपमहानगरले जनाएको छ ।

उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको समेत जनाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने प्रवक्ता रेग्मीले बताए । संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालीन सेवा प्रदान गर्ने स्थलसम्म पुर्‍याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment