 
																			२१ वैशाख, बुटवल । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।
वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएका पुरुष तीन दिनपछि १९ गते अस्पताल भर्ना भएकोमा मंगलबार बिहान सवा ११ बजेतिर मृत्यु भएको अस्पतलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
मृतक पुरुषमा उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको सोमबार दिउँसो साढे ४ सम्मको तथ्यांक अनुसार रुपन्देहीमा कोरोना सक्रमणबाट २१६ जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा १३१ जना लक्षणसहितका संक्रमित उपचाररत रहेका र ३ हजार ९७४ जना होम आइसोलेसनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4