+
+
Shares

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १२:३०

२२ वैशाख, स्याङ्जा। गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमतिको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा  स्याङ्जा, गल्याङ नगरपालिका-११ का ५० वर्षीय पुरूष र पर्वतको जलजला गाउँपालिका-७का ८४ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् ।

५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्‍यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनलाई १८ गते कोरोना संक्रमण देखिएको उनलाई २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पतालमा पोखरामा मृत्‍यु भएको छ । उनी २१ गते कोरोना संक्रमित भएको र मुटुको  विरामी समेत थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्‍या २३७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?