+
+
Shares

पश्चिम बंगालमा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १३:४४

२२ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको नतिजा आएपछि गत आइतबारदेखि हिंसा भड्किएको छ ।

पछिल्लो २४ घण्टामा पश्चिम बंगालका विभिन्न थप ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । यससँगै यो हिंसामा परी मृत्यु हुनेको संख्या १७ पुगेको हो ।

मृत्यु हुनेमा नौ जना आफ्ना कार्यकर्ता रहेको भारतीय जनता पार्टी (भाजपा)ले दाबी गरेको छ भने तृणमूल कांग्रेसले सातजना आफ्ना कार्यकर्ता भएको बताएको छ । एक व्यक्ति इन्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता पनि छन् ।

पश्चिम बंगालका केही क्षेत्रमा तोडफोड र आगजनीका समाचार पनि आएका छन् ।यसैबीच भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार तृणमूल कांग्रेसका कार्यकर्ताबाट मारिएका पार्टीका दुई कार्यकर्ताको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भने भाजपाका कार्यकर्ताले विभानसभा निर्वाचनमा भोगेको लज्जास्पद हार पचाउन नसकेकाले हिंसा भड्किएको आरोप लगाएकी छिन् । उनले पश्चिम बंगालमा साम्प्रदायिक हिंसा भड्काउँदै राज्यमा राष्ट्रपति शासन लागू गराउने प्रयासमा भाजपा रहेको आरोप लगाएकी छिन् ।

भाजपाका नेताहरुले भने तृणमूल कांग्रेस (टीएमसी)का कार्यकर्ताको आतंकको कारण भाजपाका कार्यकर्ताहरु घरबाट भागेको दाबी गरेका छन् । टीएमसीले भने यो आरोपको खण्डन गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?