Comments Add Comment

सरिता र दीपकलाई कोरोना संक्रमण

कोरोना महामारीको दोश्रो लहरसँगै नेपाली मनोरञ्जन क्षेत्रका केही कलाकार पनि संक्रमित भएका छन् । कलाकार मदनकृष्ण श्रेष्ठ, नायिका केकी अधिकारी कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् ।

केही दिन अगाडि मात्र गायक प्रकाश सपुतले आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका थिए ।

यसैविच, कलाकार सरिता लामिछानेले पनि आफूलाई कोरोना पोजिटिभ देखिएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमार्फत उनले, कोरोना रिपोर्ट पोजिटिभ आएको र यो निकै नै पीडादायी हुने उल्लेख गरेकी छिन् ।

यस्तै, कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले लेखेका छन्–‘गत बुधबार सक्किगोनीको सुटिङबाट फर्किए लगतै हल्का ज्वरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो बढ्दै गएपछि कोभिड टेष्ट गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको छ । म होम आइसोलेसनमा छु र श्रीमतीको उच्च रेखदेखमा छु । मनोबाल उच्च छ, आशा छ चाडै नै कोभिडसँगको लडाइमा विजयी हुनेछु ।’

उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment