+
+
एमाले र कांग्रेस शीर्ष नेताहरुको भेटवार्ता :

प्रधानमन्त्री ओलीले कांग्रेससँग मागे विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते २०:२४

२२ वैशाख, काठमाडौं । पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर कांग्रेसले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ ।

कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा कांग्रेसको तर्फबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं र हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका छन् ।

उनका अनुसार कांग्रेस नेताहरुले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक मूल्यमान्यताका लागि सँगै लडेका दलहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । तर आफूहरुले भर्खर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुका साथै लुम्बिनी र गण्डकी प्रदेशमा भएको गतिविधिबारे प्रश्न उठाएको भन्दै सहमहामन्त्री डा. महतले भने, ‘प्रधानमन्त्रीज्यूले जे भनिरहनुभएको छ, त्यसअनुसार व्यवहारमा आउनुपर्‍यो ।’

साथै विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने प्रष्ट पारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?